२० गतेसम्म भारी वर्षा हुने

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार (साउन १८) दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

“कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।

प्रतिक्रिया