काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबार दिउँसोदेखि वार्ता सुरु हुने बताएका छन् । उनले होर्मुज जलमार्ग र इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा पनि सम्झौता हुन सक्ने संकेत गरेका छन् ।
पत्रकारसँग ट्रम्पले आफूले मानिसको ज्यान लिन नचाहने भएकाले सहयोगी देशहरूको आग्रहपछि इरानसँग पुनः वार्ता गर्न तयार भएको बताएका हुन् । उनले अमेरिका आक्रमणका निम्ति पूर्ण रूपमा तयार रहेको पनि बताए । तर, इरान तथा क्षेत्रीय सहयोगी देशहरूको आग्रहपछि सैन्य कारबाही रोकिएको उनको भनाइ छ ।
ट्रम्पले आफूले मानिसको ज्यान लिन नचाहने भएकाले सैन्य कारबाहीभन्दा सम्झौतामा जोड दिएको बताए । उनले साउदी अरबका राजा र युवराजसँग परामर्श गर्दा उनीहरूले पनि आक्रमणभन्दा सम्झौतालाई प्राथमिकता दिएको उल्लेख गरे ।
ती नेताहरूले सम्भावित आक्रमणले ठूलो क्षेत्रीय संकट निम्त्याउन सक्ने र त्यसबाट गम्भीर परिणाम आउन सक्ने चिन्ता व्यक्त गरेका उनले बताए ।






प्रतिक्रिया