दुर्गा पक्रिनु निन्दनीय : धवलशम्शेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका नेता डा. धवलशम्सेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिनु निन्दनीय भएको बताएका छन् । सोमबार (साउन १८) बिहान विज्ञप्ति जारी गरी उनले संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण प्रसाईंलाई पक्राउ गरिएको जिकिर गरेका छन् ।

प्रसाईंलाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् । “विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ,” राणाले भनेका छन्, “उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।”

प्रसाईंलाई आइतबार (साउन १७) राति भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार दिउँसो उनले सरकारविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

“सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,” राणाले भनेका छन् ।

उनले सामाजिक सहिष्णुता र सद्‌भावको विरासत बचाएर राख्नु सबैको साझा कर्तव्य भएको पनि बताएका छन् ।

राणाले प्रसाईंसँग मिलेर छिटै नयाँ पार्टी घोषणाको तयारी गरेका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार