इरानद्वारा बहराइ, कुवेत र जोर्डनमा आक्रमण

काठमाडौं । इरानले अमेरिकी आक्रमणपछि सुरु गरेको प्रत्याक्रमण जारी रहेको छ । इरानले अमेरिकाद्वारा आफ्नो दक्षिणी तटीय क्षेत्रमा गरिएको हवाई आक्रमणको जवाफस्वरूप बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ ।

यो घटनाक्रम होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरानबीच बढ्दो सैन्य तनावबीच भएको हो । इरानी सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी सेनाले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणको जवाफमा कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा ड्रोन आक्रमण जारी रहेको उल्लेख छ ।

विज्ञप्तिअनुसार कुवेतस्थित अली सालेम र अहमद अल–जाबेर अमेरिकी वायुसेना आधारहरू, त्यहाँ रहेका मिसाइल प्रतिरक्षा प्रणाली, बंकर तथा अन्य सैन्य पूर्वाधारलाई लक्षित गर्दै विनाशकारी ड्रोन प्रयोग गरिएको छ ।

प्रतिक्रिया