नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय गरेकाे छ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकलेले २३ र २४ भदाैकाे जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको हाे ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।
३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।
४. जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने ।
गाैरीबहादुर कार्की आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने निर्णय ।





प्रतिक्रिया