मलाई संसद्बाट निकाल्ने यतै छन् : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका महासचिव शंकर पोखरेलप्रति आक्रोश पोखेका छन् ।

उनले आफूलाई संसद्बाट छलछाम गरेर निकाल्न भूमिका खेल्नेहरुमध्ये कोही यहीँ भएको भन्दै पोखरेलप्रति आक्रोश पोखेका हुन् ।

२०८० वैशाखमा दोस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि गृहमन्त्री बनेको अवस्थामा एमाले र कांग्रेसको गठबन्धनबाट बनेको सरकारले उनलाई संसद्बाट निलम्वन गरेको थियो ।

दाङको घोराहीमा शुक्रबार आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधनका क्रममा पोखरेलको नाम नलिइ उनले भने, ‘गृहमन्त्रीका रुपमा राम्रो काम गरिरहहेका बेला मलाई छलछाम गर्दै संसद्बाट निकाल्नेहरु यहीँ छन् । त्यसबेलाका योजनाकार यहीँ छन् । यो देशका जनतालले दोस्रो पटक सबैभन्दा धेरै मत दिलाएर जितेको अवस्थामा मलााई छलछाम गरेर निकाल्ने यहीँ छन्’, उनले अगाडि भने, ‘भ्रष्टाचारविरुद्ध काम गरिरहेको मलाई विचौलियासँग मिलेर मध्यराति हस्ताक्षर गरेर दुई घण्टामा निकाले ।’

प्रतिक्रिया

सम्बन्धित समाचार