काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरेका हुन् ।
‘हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो काँग्रेसले मात्रै गर्नसक्छ । यो हामीले जिम्मा लिने हो । हामी गर्छौं,’ उनले भने ।
सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत जिकिर गरे । उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए ।







प्रतिक्रिया