काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट सोलुखुम्बु जिल्लाका लागि प्रतिनिधिसभाका उम्मेद्वार प्रकाशसिंह कार्कीले आफू जनताको मर्म बुझेर सेवा गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार राजधानी काठमाडौंमा भएको आसन्न फागुन २१ गतेको निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा आफू पर्यटन व्यवसायी पनि भएकाले नेचासल्यान, महाकुलुङ गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय स्थलको विकासमा ध्यान दिइरहेको बताए । साथै उनले त्यसबारे के गर्न सकिन्छ भनेर आनतरिक रुपमा अध्ययन पनि भइरहेको उनले बताए ।
फागुन २१ मा हुने निर्वाचनका लागि केन्द्रिय सदस्य बलबहादुर केसी प्रत्यक्षतर्फको उम्मेद्वार नबन्ने घोषणापश्चात् कार्कीले कार्की मैदानमा उत्रिएका हुन् । यद्यपि नेपाली कांग्रेस गेलु पक्षले सअन्तुष्टि प्रकट गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, ” सोलुखुम्बु जिल्लामा म एक्लो मैदानमा उत्रिएको होइन । सोलुममा कृषि र पर्यटन लगायत व्यवसायको प्रवर्द्धन म तल्लीन हुनेछु । मेरो कपाल व्यवसाय गरेर नै फुलेको हो । म उत्पादित सामग्रीलाई ब्रान्डिङ गर्नेछु ।”




प्रतिक्रिया