निर्वाच आयोगले दियो गगन पक्षलाई कांग्रेसको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गरेको स्रोतले जानकारी दियो ।

“गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक गर्ने निर्णय भएको छ,” स्रोतले भन्यो । निर्वाचन आयोगका पदाधिकारीको बैठकमा बहुमतले यस्तो निर्णय गरेको हो ।

आयोग स्रोतले दिएको जानकारीअनुसार अद्यावधिक गर्नुपर्ने प्रस्तावमा जानकी तुलाधरले फरक धारणा राखेकी थिइन् भने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन जबरा अद्यावधिक गर्नुपर्ने पक्षमा थिए ।

प्रतिक्रिया