सुशासन हुन नसक्दा जेएनजी आन्दोलन भएको हो : कुलमान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् ।

बुधबार आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको उनको भनाइ छ ।

उनले भने, ‘सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रै’छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार