प्रदेशसभा घेराउ गर्न जाने क्रममा ४५ जना पक्राउ

काठमाडौं । विराटनगरमा कोशी प्रदेश नाम खारेजको माग गर्दै प्रदेशसभा घेराउका निम्ति निषेधित क्षेत्र तोड्ने ४५ जना पक्राउ गरेका छन् ।

आइतबार प्रदेशसभाबाट कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश सभा घेराउ गर्न जाने क्रममाउ उनीहरु पक्राउ परेका हुन् ।

केही समययता आदिवासी जनजाति समुदायले कोशी प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलन गर्दै आएको छ ।
प्रदर्शनका लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठनसमेत गरिएको छ ।

प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताए ।

प्रतिक्रिया