बारास्थित सिमरा खानेपानीको निर्वाचनमा रास्वपा प्यानल विजयी, किसन श्रेष्ठलाई धक्का

काठमाडौं । बारास्थित सिमरा खानेपानीको आन्तरिक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ ।

एमालेको वर्षौदेखिको लालकिल्ला र गढ भनी चिनिँदै आएको सो स्थानमा रास्वपाका युवराज न्यौपानेको नेतृत्वको प्यानल नै विजयी भएको हो ।

यस आन्तरिक निर्वाचनमा भने नेकपा एमाले तेस्रो स्थानमा रहन पुगेको छ । अझ रोचक दोस्रो स्थानमा जो आएका छन् तिनी पनि स्वतन्त्र व्यक्ति नै हुन् ।

यस निर्वाचन परिणामले एकीकृत समाजवादीबाट भर्खर नेकपा एमालेमा फर्किएका किसान श्रेष्ठमाथि नैतिक प्रश्न खडा भएको छ । निर्वाचनमा कुल ३३२० मत खसेको थियो ।

प्रतिक्रिया