काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि दुईवटा विकल्प अपनाउनुपर्ने बताएका छन् ।
जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको कांग्रेस इलामको पार्टी कार्यालय अवलोकनपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ ? तपाईं साथीहरूको जिज्ञासामा म प्रष्ट छु,’ महामन्त्री शर्माले भने, ‘सबै ऐक्यबद्ध भएर जुटौं, महाधिवेशन सम्भव छ, विकल्प दुईवटा छन् ।’
शर्माले पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्यतालिका निर्माण महाधिवेशनको पहिलो विकल्प रूपमा अर्थ्याए ।


प्रतिक्रिया