काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल भएको छ ।
बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्मा छलफल भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्क्षतामा बसेको ४१ औं बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्दले, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।
यस्ता चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको बताइएको छ ।




प्रतिक्रिया