काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । सोमबार सभामुख घिमिरेसँग कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले छलफल गरेका हुन् ।
सभामुख घिमिरे भेट्न उनीहरु सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।
‘अनौपचारिक भेटघाट हो । चिया–कफी खाँउ भनेर गएका थियौं । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । आगामी निर्वाचन हुन्छ कि हुँदैन ! यस्तै चिया गफ,’ घिमिरेले अनलाइनखबरसँग भने ।


प्रतिक्रिया