मा‌ओवादी केन्द्रीय कमिटी भंग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ ।

दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो ।

प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको छ।

शुक्रबार सकिएको बैठकले केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया