मुग्लिङ-नारायणघाट सडक एकतर्फी सुचारु

काठमाडौँ । मुग्लिन–नारायणघाट सडक एकतर्फी सुचारु भएको छ । तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे बताए ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

प्रतिक्रिया