काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा आमूल परिवर्तन रहेको बताएका छन् ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आत्मसमीक्षा र पुनर्गठनको खाँचो औंल्याउँदै नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारे।
थापाले नेपाली कांग्रेस अहिले ‘घाइते’ अवस्थामा रहेको भन्दै पनि यसको जिम्मेवारी झन् ठूलो रहेको उल्लेख गरेका छन्। थापाले अहिले पार्टीले पाँचवटा दायित्व पूरा गर्नुपर्ने पनि बताएका छन् ।
१) भदौ २३ र २४ गतेको युवा आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दायित्व,
२) आन्दोलनका क्रममा भएको धनजनको क्षति छानबिन गरी दोषीलाई कारबाही गर्ने र पुनर्निर्माण गर्ने दायित्व,
३) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्ने दायित्व,
४) अहिंसा, नागरिक स्वतन्त्रता र विधिको शासनजस्ता मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व,
५) र, पार्टीलाई पुनर्गठन गर्ने दायित्व।




प्रतिक्रिया