काठमाडौँ। गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका चार सहिदहरूको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
भदौ २३ र २४ गते भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका चार सहिदको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो।
यस क्रममा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर शहीदहरूलाई सम्मान प्रकट गरेका थिए।
अन्त्येष्टि कार्यक्रममा जेनजी आन्दोलनका अभियन्ताहरू र सहिदका परिवारजनको उपस्थिति थियो। उनीहरूले ‘वीर सहिद अमर रहुन्’ र ‘सहिदको सपना पूरा गर्छौँ’ जस्ता नारा लगाएर सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।


प्रतिक्रिया