काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको बताएकी छन् ।
आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै क्रममा प्रधानमन्त्री कार्कीले भन्दै परिस्थितिले बाध्य बनाएर आफू प्रधानमन्त्री भएको बताएकी हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुपर्यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ प्रधानमन्त्रीको भनाई छ ।
उनले जनेजी आन्दोलनका क्रममा २७ घण्टाको आन्दोलनबाट मुलुकमा व्यापक जनधनको क्षति भएको भन्दै सुरक्षा निकाय, प्रहरी बिट, अदालत, सिंहदरबारसमेत आगोले जलेर नष्ट भएको बताइन् । ‘जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो,’ उनले भनिन्, ‘भौतिक भवनको क्षति बनाउन सकिन्छ तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा छौँ ।’




प्रतिक्रिया