काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा दिएका हुन् ।
यसअघि बसेको कांग्रेसको बैठकमा गृहमन्त्री लेखकले आफूले नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।


प्रतिक्रिया