काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा माओवादी केन्द्र सहित विचार मिल्ने पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा जारी बैठकमा राजनीतिक दस्तावेजको रुपमा एकताको प्रस्ताव राखेका हुन् ।
नेकपा भदौ १५ गतेदेखि कपिलबस्तुमा निरन्तर बैठक चलिरहेको छ । भदौ १५ गते सचिवालय बैठक, स्थायी समिति बैठकपछि अहिले पोलिटब्यूरो बैठक जारी छ । बैठकमा विप्लवले विचार मिल्ने पार्टीसँग धुर्वीकरण हुँदै एकतामा जाने विषय प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए । ‘जिएसले राजनीतिक दस्तावेजको रुपमा विचार मिल्ने कम्युनिस्ट क्रान्तिकारी पार्टीसँग एकता गर्ने प्रस्ताव गर्नु भएको छ । पार्टीको उत्पादन, संगठनात्मक संरचना, आगामी कार्यदिशाका बारेमा राख्नुभएको छ । पार्टीका नेताहरुले आ–आफ्नो धारणा राखि रहनुभएको छ’ ति सचिवालय सदस्यले भने, ‘सबै नेताहरुले धारणा राखेपछि जिएसले जवाफ दिनुहुने छ ।’
नेकपा पोलिटब्यूरो बैठकपछि भदौ २२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैकठमा सबै नेताहरुले खुलेर धारणा राखेपछि पार्टीले आधिकारिक निर्णंय गर्ने नेताहरुले बताएका छन् ।
पार्टीका अधिकाश नेताहरु माओवादी केन्द्र सहित विचार मिल्ने पार्टीसँग एकता गरेर जाने विषयमा मत राख्ने गरेका छन् ।


प्रतिक्रिया