काठमाडौं । यू १६ इस्ट जोन कपमा नेपालका ओपनर ब्याटर प्रसिद्ध जैसीले शतकीय पारी खेलेका छन्। उनले १९.५ ओभरमा चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरेका हुन्।
अर्का ओपनर ब्याटर परिमार्जन यादवले २८ बलमा चार चौका र ८ छक्कासहित ७१ रन बनाउँदै क्याच आउट भए। तेस्रो क्रममा आएका श्रीवान्स बजगाईँ चार रनमा बोल्ड आउट भए।
२८ ओभर सकिँदा नेपालले विकेटको क्षतिमा २५८ रन बनाउँदै खेलिरहेको छ। क्रिजमा रौनक श्रीवास्तव ५१ र प्रसिद्ध जैसी ११९ रनमा अविजित खेलिरहेका छन्। रौनकले ४२ बलमा तीन चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन्। यी दुईले शतकीय साझेदारी पनि पूरा गरेका छन्।
दुई ब्याटरले ९६ बलमा १०७ रनको शतकीय साझेदारी गर्दै खेलिरहेका छन्। जारी एसीसी यू १६ इस्ट जोन क्रिकेट अन्तर्गत नेपालले तेस्रो खेलमा इन्डोनेसिया विरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ।
नेपालले यसअघि दुई खेलमा दुई जित हासिल गरेको छ। नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो। आजको खेल जिते नेपाल एक खेल अगाबै सेमिफाइनल प्रवेश गर्नेछ। नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।




प्रतिक्रिया