काठमाडौ । सरकारले बाढीपहिरोलगायतका दैवी प्रकोपमा उद्धार तथा राहतका लागि आवश्यक तयारी पूरा गरेको छ । त्यसै गरी दैवी प्रकोपमा परी विस्थापित हुनुपरे तत्काल आवासको जिम्मेवारी स्थानीय तहलाई दिइएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दिनेशप्रसाद भट्टले हरेक जिल्लामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले बैठक गरेर बाढीपहिरोलगायतको दैवी प्रकोपमा परेकाको उद्धार तथा राहतका लागि कार्ययोजना बनाइसकेको जानकारी दिए । उनका अनुसार सबै जिल्ला विपत् व्यवस्थापन समितिले आ–आफ्नो तयारी पूरा गरिसकेका छन् ।
यस वर्षको बाढीपहिरोमा कुन जिल्लामा कति मानिस प्रभावित हुन सक्छन् भन्ने अनुमानित तथ्याङ्क प्राधिकरणले सबै जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइसकेको जानकारी दिँदै उनले समितिहरूले त्यस अनुसारको तयारी गरेको बताए ।






प्रतिक्रिया