आज ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

दिउँसोभन्दा राति धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । “आज दिउँसोभन्दा राति वर्षा गराउने प्रणाली धेरै सक्रिय हुनेछ,” मौसमविद् कँडेलले भनिन्, “राति गण्डकीदेखि सुदूरपश्चिम प्रदेशसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।”

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

“काठमाडौंमा मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् कँडेल भन्छिन्, “काठमाडौं आसपासका क्षेत्रमा भने भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।”हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया