काठमाडौं । आज पैसाका लागि मानिसहरु आफ्ना बाबुआमा हस्पिटलमा छाडेर विदेशिन बाध्य छ । प्राणभन्दा प्यारा नानीबाबुलाई छाडेर वा होस्टलमा राखेर टाढिन्छन् । यौवनअस्थामा विवाह गरिएकी श्रीमतीलाई हप्ता नबित्दै त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलबाट बिदा हुनेहरुको संख्या पनि कम छैन ।
प्राकृतिक रुपले प्राप्त गर्ने सबै कुरालाई त्याग्न विवस पार्ने पैसा के हो ? पैसा छाप्नका लागि केकस्ता आधारहरु हुन्छन् ? नेपाली नोट कुन कुन देशमा छापिन्छन् ? नेपाली रुपियाँ छाप्न कति खर्च लाग्छ ? आयु कति हुन्छ जस्ता कुराको जिज्ञासा उस्तै छ ।
लामो रस्साकस्सीपछि नेपाल राष्ट्रबैकले १८ औं गभर्नरको रुपमा विश्वनाथ पौडेललाई पाएको छ । सो पदमा नियुक्त भएका पौडेलले पहिलो निर्णय नै रु. ५० र १,००० दरका नयाँ नोट छाप्ने गरेका छन् ।
नेपाल राष्ट्र ब्याङ्कले आवश्यकताअनुसार समयसमयमा नयाँ नोट ल्याउने प्रचलन रहिआएको छ। नेपालले हाल पाँच रुपैयाँदेखि १,००० दरका कागजका नोटहरू विभिन्न देशमा छपाउँदै आएको छ।
कुनै पनि स्वतन्त्र र सार्वभौम राष्ट्र निश्चित मापदण्ड पूरा गरेर नोट छाप्न अधिकार प्राप्त हुन्छन् ।
जुन यस प्रकार छन्
पहिलो- करेन्सी बोर्ड विधि हो । यस विधिमा जति विदेशी मुद्रा (डलर) राष्ट्र बैंकमा जम्मा हुन्छ । त्यति बराबरको मुद्रा त्यस देशले छाप्न सक्छ । यसैलाई करेन्सी बोर्ड विधि भनिन्छ ।
दोस्रो- गोल्ड स्ड्यान्डर्ड विधि हो । यस विधिअन्गर्त सुन तथा बहुमूल्य धातु धितो राखेर पैसा छाप्ने पर्छ । यसरी सुन तथा बहुमूल्य राखेर पैसा छाप्ने विधिलाई पुरातन अर्थात परम्परागत विधि पनि भनिन्छ । सन् १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले यो विधिको अन्त्य गरेका हुन् । त्यसअघि पैसा छाप्न सुन नै चाहिने अवस्था थियो ।
तेस्रो- समानुपातिक विधि हो । यसमा सुन र विदेशी मुद्रा गरी ५० प्रतिशत र अर्को ५० प्रतिशत सरकारी बन्ड धितो राखी पैसा छापिन्छ । नेपालले पनि यही विधि अपनाउँदै आएको छ ।
विश्वका धेरैजसो मुलुकमा आफ्नै प्रिन्टिङ प्रेस छ । आफ्नै प्रेस भएका देशले उनीहरुको देशभित्रै मुद्रा छपाइ गर्छन् । नेपालको सन्दर्भमा भने आफ्नै प्रिन्टिङ प्रेस छैन । नेपालले पनि आफ्नै प्रिन्टिङ प्रेस राख्ने प्रयास गरिरहेको छ । सोही प्रयासस्वरुप केही वर्ष अघि प्रक्रिया अगाडि बढाउने क्रममा तत्कालीन सञ्चारम्नत्री गोकुल बाँस्कोटाँसग ७० करोडको अडियो सार्वजनिक भएको थियो । सो अडियोसँगै मन्त्री बाँस्कोटाले राजीनामा दिनुपरेको थियो ।
नोट छपाइ र पासपोर्ट छपाइ र गोप्यताको विषयलाई लिएर बेलाबेलामा चर्चाका विषय बन्दै आएका छन् ।
कहाँ छापिन्छन् नेपाली नोट ?
नेपालमा चलाइने विभिन्न दरका नोटमध्ये पाँच प्रकार अर्थात् दरका नोट पछिल्लो समय चीनमा छापिँदै आएका छन् ।
राष्ट्र ब्याङ्कले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ गर्दै आएको छ ।
अहिले रु ५० र रु १०० बाहेक सबै दरका नोटह चीनको चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ।
रु ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन्।
छपाइ प्रक्रिया कस्तो?
सर्वप्रथम नोट छाप्नका लागि सञ्चालक समितिले
उपनिर्देशक आचार्यका अनुसार सामान्यतया दुईतीन वर्षका लागि कति नोट चाहिन्छ भन्ने निर्धारण गरेर नेपाली नोटहरू छपाउने गरिएको छ।
यदि पुरानै डिजाइनमा नोट छपाउनु छ र छपाइका निम्ति आन्तरिक सुरक्षाका विषय परिवर्तन गर्नु छ भने सञ्चालक समितिले निर्णय गरेर प्रक्रिया अगाडि बढाउँछ।
जसका लागि संस्कृतिविद्, भाषाविद्, पुरातत्त्वविद्र प्रकृतिविद्को प्रतिनिधित्व रहने गरी राष्ट्र ब्याङ्कमा एक नोट डिजाइन समिति बनाइएको हुन्छ। सोही समितिले नेपाली नोटहरूको डिजाइन गर्छ।
तर नोटमा भएका चित्र अथवा नोटकै दर, आकार परिवर्तन गर्नुपरेमा त्यसको स्वीकृति सरकारले दिनुपर्छ।
विगतमा सिक्का बनाउँदै आएको केन्द्रीय ब्याङ्कको टक्सार विभागले हाल असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ। एक र दुई रुपैयाँ दरका नोटहरू पनि दश वर्षअघि छापिन बन्द भइसकेको छ।
आयु कति हुन्छ?
कुनै नोटको आयु कति वर्ष हुन्छ भन्ने कुरा प्रयोग गर्ने तरिका र जतनमा भर पर्छ । सामान्यतया नोटको आयु कम्तिमा दुई वर्षसम्म रहेको मानिन्छ । तर, पछिल्लो समय डिजिटल कारोबार हुने गरेकाले नोटको चलन कम छ । यसले नोटको आयु अझ बढ्ने अनुमान गर्न सकिन्छ ।
धेरै जतनका साथ प्रयोग गर्ने बानी नहुँदा पनि नेपाली नोटहरू छिटै फोहोर हुने र खुइलिने गर्छन् ।
थोत्रा भएका नोटहरू बजारबाट झिकाएर राष्ट्र ब्याङ्कले धुलाइ गरी फेरि प्रयोगमा पठाउने गर्ने गर्छ ।
तर कामै नलाग्ने भएपछि अर्थ मन्त्रालयसहितको रोहबरमा जलाउने गरिन्छ ।




प्रतिक्रिया