काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।
१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।







प्रतिक्रिया