प्रचण्डको भारत भ्रमण र चिया गफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण सकी स्वदेश फिर्ता भएको लगभग एक हप्ता पुग्ने लाग्यो ।

तर, भ्रमणले राजनीतिक वित्तमा मात्रै नभएर चिया पसलमा अझै प्राथमिकता पाउन छाडेको छैन । त्यसमा पनि मुर्राको स्थान अझ बढी छ ।  प्रचण्डकै अभिव्यक्तिमा ‘मुर्रा हो मुर्रा’को थोगो नै बनेको छ ।

त्यस्तै, चर्चाको स्थान पाउने दोस्रो विषय छ उनको धार्मिक स्वरुप । उनको सो स्वरुपलाई लिएर मोदीसँग नजिक हुने प्रयास कि हिन्दूवादी राजनीतिप्रति झुकाव भनी चर्चा गने गरिएको छ ।

उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्रीले गरेको पूजाअर्चनाबारे उनकै पूर्व सहकर्मीहरूले प्रश्न उठाएका छन् । उनले महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेपछि धार्मिक गतिविधिमा झुकाव राखी भारतीय सत्तासँग नजिक उभिने प्रयास गरेको आरोपित गर्ने गरेको पाइन्छ ।

वामपन्थी चिन्तक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रमुख आहुतिले भारतीय मन्दिरमा भएको प्रधानमन्त्रीको भ्रमणले उनमा देखिएको ‘वैचारिक प्रतिगमन’ संज्ञा दिएका छन् ।

तर, प्रचण्ड यो आरोप स्वीकार्न चाहँदैनन् । नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले आफ्नो उक्त भ्रमणको बचाउ गर्दै आफू धर्म निरपेक्षताप्रति प्रतिबद्ध रहेको जनाएका थिए ।

गेरु वस्त्र लगाएर नयाँ अवतारमा देखिएको भन्दै सोधिएको प्रसङ्गमा उनले त्यसलाई कुनै नयाँ ठान्न नपर्ने बताएका थिए।

उनको भनाइ थियो, “क्रिश्चियनको गिर्जाघरमा गएर मैले मन्त्र जपेको कति तस्बिर तपाईँहरूले लिनुभएको छ। लुम्बिनीमा गएर बौद्ध धर्मावलम्बीहरूको कार्यक्रममा सहभागी भएको तपाईँहरूले हेर्नुभएको छ कि छैन? हिन्दूकोमा जान नहुने अरूकोमा जान हुने भन्ने हुन्छ?”

प्रतिक्रिया

सम्बन्धित समाचार