राजावादीको आन्दोलन विशुद्ध हिंसा र अमानवीय लुटपाट : गृहमन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाट भएकाे बताएको छ । सरकारले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सरकारले अब संयम नराख्ने बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताए ।

उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।

आन्दोलनकारीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते भएको जानकारीसमेत मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया