काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय बसाइँसराइ उच्च दरले बढिरहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यालयले २०७८ सालको जनगणनामा आधारित रहेर प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार कुल जनसंख्याको ७.५ प्रतिशत विदेशमा रहेको देखिएको छ । यसमध्ये पुरुषको संख्या ८२.२ प्रतिशत र महिलाको संख्या १७.८ प्रतिशत छ ।
अनुपस्थितमध्ये तीन चौथाइभन्दा बढी ७५.८ प्रतिशत मानिस १५ देखि ३४ वर्ष उमेर समूहका छन् । अनुपस्थितको दोस्रो ठूलो उमेर समूह ३५–५४ वर्ष छ । जसको हिस्सा १४ प्रतिशत छ । ५५ वर्षभन्दा माथिको जनसंख्या ०.९ प्रतिशत छ ।
उमेर समूहगत रूपमा हेर्दा सबैभन्दा धेरै अनुपस्थित जनसंख्या २० देखि २९ वर्ष समूहभित्रको छ । दोस्रो नम्बरमा ३० देखि ३९ वर्ष समूहभित्रको छ ।
नेपालबाट अन्तर्राष्ट्रिय बसाइँसराइमा रहेकामध्ये ३९ प्रतिशत निरक्षर रहेको देखिएको छ । जसको सबैभन्दा ठूलो हिस्सा सुदूरपश्चिममा ५१.१ प्रतिशत छ । दोस्रोमा कर्णाली प्रदेश छ । ४६.४ प्रतिशत छन् । उच्च साक्षरताका हिसाबले बागमतीका ७३.६ प्रतिशत छन् । कोशीका ६९.६ प्रतिशत छन् ।





प्रतिक्रिया