गणतन्त्रले भुँइमान्छेको साथ पाएको छ : पूर्वमन्त्री केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले गणतन्त्र भुँइमान्छेको घरघरमा पुगेकाे बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल पूर्वमन्त्री केसीको गृहपालिका उद्घाटनका लागि गएका थिए । राष्ट्रपतिको स्वागतका लागि आममानिसको बाक्लो उपस्थिति रहेको थियो । सो क्रममा  देशमा पूर्वराजाको  सक्रियतातर्फ इ‌गित गर्दै केसीले गणतन्त्र भुँइमान्छेको घरघरमा पुगेको बताएका हुन् । नेचासल्यानमा राष्ट्रपतिको स्वागतमा आममानिसको अत्यधिक उपस्थिति रहेको थियो ।

पूर्वमन्त्री केसीले भने, ‘आज जुन मानव सागर उर्लिएको छ ।गणतन्त्र कति गाउँ तहसम्म पुगिसकेको रहेछ भन्ने कुरा एउटा गाउँपालिकाको भवन उद्घाटनमा यति धेरै जनताले  राष्ट्रपतिलाई गरेको स्वागतले पुष्टि गर्छ ।  गणतन्त्र भुँइमान्छेको घरघरमा गएको छ । गणतन्त्रले भुँइमान्छेको  साथ पाएको आजको उपस्तथितिले प्रमाणित गरेको छ।’

प्रतिक्रिया