काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।
ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीसँग सोधपुछ गरी बयान कागज गराएको हो ।
सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।
तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागिरहेको थियो । त्यही बेला सीआईबीका अधिकृतहरुले बुधबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएका थिए ।
‘रातिसम्म घरमा नआउने, डिस्को, क्लब जाने लगायतका काम गरेको मैले जानकारी पाएँ, आफूखुशी बैंकक, सिंगापुर जाने क्रम पनि बढेपछि हाम्रो सम्बन्ध बिग्रियो’, उनले भनेका छन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको जिकिर गरेका छन् । बरु आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनले बताएका छन् ।
धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।
‘मैले नक्कली डिभोर्स गरेको होइन, कानूनी रुपमा गरेको हो’, उनले भनेका छन्, ‘म सहकारीमा सदस्य थिएँ, छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।’
सीआईबीमा गुरुङले बताए अनुसार, उनको २०६६ सालसम्म श्रीमतीसँग राम्रो सम्बन्ध थियो । तर, त्यसपछि विस्तारै सम्बन्ध बिग्रिन थालेको उनले बताएका छन् ।
‘रातिसम्म घरमा नआउने, डिस्को, क्लब जाने लगायतका काम गरेको मैले जानकारी पाएँ, आफूखुशी बैंकक, सिंगापुर जाने क्रम पनि बढेपछि हाम्रो सम्बन्ध बिग्रियो’, उनले भनेका छन्, ‘पछि २०७६ सालको पुसमा मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीमा समस्या आयो भनेर छलफलका लागि बोलाउनुभएको थियो ।’


प्रतिक्रिया