नक्कली भुटानी शरणार्थी प्रकरण: खाँणको निवासबाट बरामद चिट लेखेको स्वीकारोक्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको चिट (कागज) आफूले लेखेको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोटबुकमा बैयक्तिक भावना लेखेको दाबी गरे ।

‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ’ बयानमा भनेका छन्, ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार