काठकमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेद्वारका रुपमा बाइडेन उम्मेद्वार बन्नेकी नबन्ने भन्ने विषयले प्राथमिकता पाएको छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो प्रेसिडेन्सीयल बहस सकिएको छ । त्यसको नतिजा वर्तमान राष्ट्रपति जो बाइडेनका लागि प्रत्युत्पादक देखिएको हो ।
बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।
बिहीबार भएकाे बहस क्रममा बाइडेनकाे पहिलो लक्ष्य आफ्नो उमेरलाई लिएर छाएको अन्योलता मेटाउनु थियो । तर बहस पश्चात बाइडेनको उमेरलाई लिएर बढिरहेको चिन्ता थपिएको छ ।
केही डेमोक्रेटिक नेताहरूले सीएनएनका पत्रकारलाई ८१ वर्षीय बाइडेनले अब आफ्नो पद छाड्न सक्ने सूचना पठाएको बीबीसीले दाबी गरेको छ ।






प्रतिक्रिया