तीलगंगा आँखा अस्पताल अब नेत्र विश्वविद्यालय बन्ने

आँखाको उपचारका लागि भरोसाको केन्द्र बनेको तिलंगंगा आँखा अस्पताल अब तिलगंगा नेत्र विश्वविद्यालय बन्ने भएको छ। विश्वविद्यालय बनाउनका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरिएको छ।

नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको बताइएको छ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा विधेयक गर्दै विभिन्न नविनतम विधामा अध्ययन अध्यापन मार्फत शैक्षिक गुणस्तर हासिल गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको उल्लेख गरेकी छिन्। ‘आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नु पर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न विश्वविद्यालय बनाउन जरुरी देखिएको छ,’ विधेयकको उद्देशमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार