प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ ।

आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा दुई पक्षबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार