काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन्।
तर, सजायको फैसलाका लागि अदालतले ११ जुलाईमा अर्को पेसी तोकेको छ ।
पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्धलाई दबाउन लाखौँ डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले दोषी ठहर गरेको हो।
तर, ट्रम्पले यस फैसलालाई धाँधलीको संज्ञा दिएका छन् । ट्रम्प अमेरिकाका ४५औँ राष्ट्रपति हुन् ।






प्रतिक्रिया