भारतीय प्रधानमन्त्री मोदीले बुझाए राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान  बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार