काठमाडौं । सर्वोच्च अदालतले खेतीपातीबाट देखाइएको आयको पनि परीक्षण हुनुपर्ने भनी नयाँ व्याख्या गरेको छ ।
सर्वोच्च अदालतले २८ असार, २०७९ मा पूर्वमहाप्रबन्धक शर्माको भ्रष्टाचार मुद्दाको फैसलाको सार्वजनिक पूर्णपाठमा यस्तो उल्लेख भएको हो ।
बिहीबार सार्वजनिक फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कृषि आयको गणना गर्दा सबै प्रकृतिको खेत र खेतीलाई एकै प्रकारको मानी आयको गणना गर्नु वैज्ञानिक हुँदैन ।’
मुद्दाको पूर्णपाठ सार्वजनिक नहुँदा गैरकानुनी सम्पत्ति आर्जनका दर्जनौं मुद्दा प्रभावित भएका भनी सो पूर्णपाठमा उल्लेख छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा जोडिएका कैयौं व्यक्तिहरूले युवराज शर्माको मुद्दाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै आफ्नो मुद्दाको सुनुवाइ हुनुपर्ने माग राख्दै आएका थिए ।
सर्वोच्च अदालतले जस्तोसुकै अवस्थामा पनि खेतीपातीबाट आम्दानी देखाइ भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउन खोज्ने प्रयासलाई निरुत्साहित गर्न भन्दै यस्तो व्याख्या गरेको हो ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार मुद्दा लाग्नासाथ पुर्ख्यौली सम्पत्ति देखाइ खेतीपातीबाट आर्जन गरेको दाबी गर्ने प्रवृत्तिमाथि प्रश्न उठाइ कृषि आय भनी देखाएमा त्यसलाई स्वीकार्न नहुने व्याख्या गरेको छ ।





प्रतिक्रिया