काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताएका छन्।
बिहीबार बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सरकारको अंकगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको सो क्रममा उनले बताए ।
उनले भने, ‘अंकगणित त मिलेकै थियो, यहाँहरुलाई थाहा छँदैछ। अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियाहरुमा आयो। त्यो चिज अलिकति संवेदनशील थियो।
त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ। हामी शतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण संघीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छौँ।’


प्रतिक्रिया