अनेक गरिन्छ, तर सरकार पूरै चल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जे जसरी भए पनि सरकार पूरा अवधि चलाउने बताएका छन् ।

बुधबार सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि कार्यकर्तासँग भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’

यसअघि २०७९ मा प्रधानमन्त्री बनेका दाहाल १६ महिनाको अवधिमा १६ पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

त्यसैगरी, यही बीचमा उनले २ पटक गठबन्धन फेरी सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार