रुसले राख्यो लेलेन्स्कीलाई मस्ट वान्टेड सूचीमा

काठमाडौं । रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाण्टेड अपराधीको सूचीमा समावेश गरेको छ।

रुसद्वारा सञ्चालित एक अनलाइनका अनुसार रसी गृहमन्त्रालयले मोस्ट वान्टेड सूचीमा राखिएको उल्लेख छ ।

जसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित भनिएको छ। सन् २०२२ फेब्रुअरीदेखि मस्कोले जेलेन्स्कीलाई सैन्य आक्रमणको निशाना बनाउँदै आएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याको कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार