काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलले नेपालका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग फोनवार्ता भएको जानकारी दिएका छन् ।
गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् ।
उनले दुई पक्षबीच गत १८ वैशाखमा दुई मन्त्रीबिच कुराकानी भएको खुलासा गरेका छन् ।
उनले देशको सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाको विषय छलफलको मुख्य विषय भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘हामी आप्रवासी कामदारहरूका साथै सीमापार अपराध रोकथामलगायत विषयमा सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध छौँ ।’
तर, गृहमन्त्रीद्वारा सार्वजनिक सो जानकारीमा जीवी राईबारे केही पनि कुराकानी नभएको उल्लेख छ ।
Petang tadi saya sempat menelefon rakan sejawat saya dari Nepal, H.E Rabi Lamichhane , Timbalan Perdana Menteri dan Menteri Dalam Negeri .
Ini merupakan interaksi pertama kami berdua sejak saya memegang tampuk sebagai Menteri Dalam Negeri.
Perihal keselamatan dan ketenteraman… pic.twitter.com/lqilCE513e
— Saifuddin Nasution Ismail (@saifnasution) April 30, 2024


प्रतिक्रिया