काठमाडौं । पूर्वराष्टपति विद्यादेवी भण्डारी आफ्ना पूर्वपति मदन भण्डारीलाई सम्झिँएर भावुक बनेकी छन् ।
नेकपा एमालेद्वारा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनी मदनलाई सम्झिँदै भावुक बनेकी हुन् ।
‘एमालेको प्रेरणा, कार्यकर्ता र जनताको चाहनाबमोजिम म मदनका अधुरा सपना सकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय भएको थिएँ,’ यसो भन्दा उनको गला अवरुद्ध भएको थियो ।
सो क्रममा उनले ३ जेठ २०५० मा भएको दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि आफ्नो राजनीतिक जीवनले नयाँ मोड लिएको स्मरण गरिन् ।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरेको छ ।




प्रतिक्रिया