रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन नसकेपछि कांग्रेसले सहकारी विषय उठयो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन नपाएपछि सहकारी विषय उठाएको बताएका छन् ।

बिहीबार विराटनगरमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति पनि नबन्ने बताएका छन्

संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री आएको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सो क्रममा उनले भने, ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ ‘‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’

यदि रविरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उनले बताए । ‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन ।’

तर विपक्षीहरुले यसमा चित्त नबुझाएको भन्दै उनले सहकारी संस्थासँग सम्बन्धित इस्यु भन्दा पनि राजनीतिक इस्यु बनाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार