राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

बुधबार भएको राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनबाट घिमिरे सो पदमा निर्वाचित भएकी हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।

प्रतिक्रिया