राष्ट्रिय सभाको निर्वाचन आज हुँदै

काठमाडौं । रष्ट्रियसभा उपाध्यक्ष पदका लागि निर्वाचन आज हुने भएको छ ।

त्यसका लागि राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो सवा १ बजे बोलाइएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार