काठमाडौं । शनिबार बेलुकासम्म गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलानेछानेसप्रति नरम र करमै देखिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार एकाएक आक्रमक देखिएका छन् ।
आइतबार जुलुससहित सडकमा निस्किएका लिङ्देनले रवि लामेछानेको राजीनामा माग्नै भ्याए । त्यतिले पनि नपुगेर उनले गृहमन्त्री लामिछानेलाई एक रुपियाँ पनि खाएको छैन भनी मन्दिरभित्र पस्ने तागत छ भन्दै प्रश्न गरे । यस्तै, उनले रवि लामिछानेलाई शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको आरोपसमेत लगाए ।
राजेन्द्र लिङ्देन आक्रामक देखिनुको कारण ?
आइतबार ४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्जसमेत गरेको थियो ।
त्यसपछि थापाथली चोकमा आयोजित सभामा राप्रपा नेताहरूले गृहमन्त्रीको आलोचना गरे । सो क्रममा अध्यक्ष लिङ्देनले भने, ‘लोगो लगाएको सांसदलाई तपाईले के गर्नुभयो ? मलाई कुट्नुभयो भनेर म भन्दिनँ, ज्ञानेन्द्र शाहीको कोट नै देखाइएको छैन । कुन प्रकारको पूर्वाग्रह हो ?’ उनले भने, ‘माननीय बुद्धिमान तामाङमाथि जुन प्रकारको आक्रमण गर्नुभयो, यसलाई हामीले राम्ररी याद गरेका छौं ।’
‘गृहमन्त्रीको आदेश विना बहालवाला सांसदलाई पुलिसले त्यसै गरेको हो भन्ने हामी ठान्दैनौं । आदेश कसरी जान्छ ? कसरी योजनहरू बन्छन्, हामीले राम्रोसँग याद गरेका छौं । गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईंभन्दा धेरै अगाडिदेखि हामी छौं ।’


प्रतिक्रिया