काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
सरकारसँग यसअघि ४० बुँदे माग राखी मंगलबारबाट राजधानी काठमाडौंमा प्रदर्शन जारी राखेको राप्रपाले प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएपछि गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
आज भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।
राप्रपाका कार्यकर्ता पक्राउ परेपछि भएको कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका हुन् । सो क्रममा उनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’


प्रतिक्रिया