राष्ट्रिय सभाको उपाध्यक्षलाई लिएर तीन कम्युनिष्टमा नेकपाकै झै किचलो

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदलाई लिएर यसअघि नेकपा छँदा विवादमा आइरहने केपी शर्मा ओली, माधव नेपाल र पुष्पकमल दाहालबीच हुने गरेको विवाद सुरु भएको छ ।

यसअघि राष्टिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने भनिएकोमा सो पदमा एकीकृत समाजवादीले दाबी गरेपछि कम्यूनिष्ट तीन पार्टीमा नेकपा छँदाकै झल्को देखिएको हो ।

नेकपा एसले दाबी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्य तालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताच छलफल जारी रहे पनि सहमति हुन सकेको छैन ।

यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।

राष्ट्रिय सभामा नेकपा एसका ८ सांसद छन् । माओवादी केन्द्रका १७ र नेकपा एमालेका वामदेव गौतमबाहेक ९ तथा जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार